काठमाडौं, २ असोज । बिहीबारको शेयर कारोबार सुरुवातसँगै नेप्से परिसूचकमा भिषण गिरावट आएको छ । बजार खुलेको पाँच मिनेटमै परिसूचक एक सय अंकले ओरालो लागेपछि कारोबारमा आपत्कालीन अवरोध (सर्किट ब्रेक) लगाउनुपरेको हो ।
जेन–जी आन्दोलनको प्रभावले बजारमा अनिश्चितता छाएको पृष्ठभूमिमा बिहीबारको कारोबारप्रति लगानीकर्ताहरूको चासो विशेष थियो । तर अपेक्षाविपरीत बजार खुलेको केही मिनेटमै परिसूचक चार प्रतिशतले घट्दा नेप्सेले नियमअनुसार बीस मिनेटका लागि कारोबार स्थगन गरेको हो । लगानीकर्ताहरूमा अहिले थप अनिश्चितता छाएको छ भने बजारमा ‘भिषण पहिरो’ जाने संकेत देखिएको विश्लेषकहरूको भनाइ छ



Discussion about this post