काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन कुमार न्यौपानेले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार सञ्चालक समितिलाई राजीनामा बुझाएका थिए, जसलाई बिहीबार बसेको समितिको बैठकले स्वीकृत गरेको हो ।
न्यौपाने पहिलो पटक २०७५ मंसिरमा बैंकको सीईओ नियुक्त भएका थिए । त्यसपछि २०७९ कार्तिकमा दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएका उनी २०७९ मंसिर १५ गतेदेखि लागू हुने गरी थप चार वर्षका लागि जिम्मेवारी सम्हालिरहेका थिए ।
उनको राजीनामापछि बैंक सञ्चालक समितिले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सन्तोष कुमार राठीलाई कायममुकायम सीईओ को जिम्मेवारी दिएको छ ।



Discussion about this post