Artha Voice
  • समाचार
  • राजनीति
  • कर्पोरेट
  • पुँजी बजार
  • सूचना तथा प्रविधि
  • कृषि
  • बैंक वित्त
  • बीमा
  • विजनेश भ्वाइस
  • अन्तरवार्ता
No Result
View All Result
  • समाचार
  • राजनीति
  • कर्पोरेट
  • पुँजी बजार
  • सूचना तथा प्रविधि
  • कृषि
  • बैंक वित्त
  • बीमा
  • विजनेश भ्वाइस
  • अन्तरवार्ता
No Result
View All Result
Artha Voice
No Result
View All Result

नबिलको ओपन म्युचुअल फण्ड ‘नबिल फ्लेक्सी क्याप फण्ड’द्वारा लाभांश घोषणा

कुमार श्रेष्ठ by कुमार श्रेष्ठ
August 8, 2025
in कर्पोरेट, पुँजी बजार, बैंक वित्त, समाचार
0
नबिलको ओपन म्युचुअल फण्ड ‘नबिल फ्लेक्सी क्याप फण्ड’द्वारा लाभांश घोषणा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नबिल इन्भेष्टमेन्ट बैंकिंगको खुलामुखी सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा गरेको छ। नबिल बैंक कोष प्रबर्द्धक तथा नबिल इन्भेष्टमेन्ट योजना व्यवस्थापक तथा डिपोजिटरी रही नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “नबिल फ्लेक्सी क्याप फण्ड” नामक खुलामुखी योजनाले प्रतिफल घोषणा गरेको हो।

आर्थिक वर्ष २०८१/०८२ को लेखा परिक्षणको कार्य सम्पन्न भई योजना व्यवस्थापकको २०८२/०४/२२ गते साँझ ४:३० बजे बसेको संचालक समीतको १२२ औं बैठकले आर्थिक वर्ष २०८१/ ०८२ का लागि सो योजनाका इकाईधनीहरुलाई कर सहित ९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । लाभांश वितरण गर्नको लागि साउन २३ गते बुक क्लोज गरिएको छ । साउन २२ गतेसम्म इकाईधनीले उक्त लाभांश पाउन सक्ने छन् ।

यो योजना एक खुलामुखी योजना रहेको र यस योजनाका इकाईधनीहरुले आफुले प्राप्त गर्ने (कर तथा निर्धारित डिपि शुल्क कट्टी पछिको) लाभांश रकम बराबरले हुन आउने रकम समायोजित मूल्यमा लाभांश पुनः लगानी योजना (Dividend Re-investment Plan) मार्फत उक्त रकमले हुन आउने थप इकाईहरु खरिद गर्न सक्ने समेत सुविधा रहेको छ । यस अघि नै उक्त योजनामा सहभागी हुन आफ्नो नाम दर्ता गराई सकेका योग्य इकाईधनीहरुको हितग्राही खाता (DEMAT Account)मा इकाईहरु पठाईने क्यापिटलले जनाएको छ । यस अघि लाभांश पुनः लगानी योजनामा सहभागी नभएकाले साउन २७ गतेसम्म दर्ता हुन सक्ने छन् ।

लाभांश पुनः लगानी योजनामा सहभागी नहुनेको हकमा भने बैंक खातामा नगद लाभांश पठाइने क्यापिटलले जनाएको छ ।

Previous Post

२२० प्रतिशतले बढ्यो सिद्धार्थ बैंकको वितरणयोग्य मुनाफा, लाभांश क्षमता कति ?

Next Post

रामेछापका विभिन्न पालिकाका सरकारी विद्यालयहरूमा रोबोटिक्स, एआई र ड्रोनसम्बन्धी कार्यशाला

Next Post
रामेछापका विभिन्न पालिकाका सरकारी विद्यालयहरूमा रोबोटिक्स, एआई र ड्रोनसम्बन्धी कार्यशाला

रामेछापका विभिन्न पालिकाका सरकारी विद्यालयहरूमा रोबोटिक्स, एआई र ड्रोनसम्बन्धी कार्यशाला

Discussion about this post

हाम्रो बारे

नागरिक ग्रुप प्रा.लि. काठमाडौ महानगरपालिका -११
  • Home

© 2025 Artha Voice. All right reserved.

No Result
View All Result
  • Home

© 2025 Artha Voice. All right reserved.