काठमाडौं, २ असोज । बिहीबार शेयर बजारमा ठूलो पहिरो जाने संकेत देखिएको छ । बजार खुलेको ५ मिनेटमै नेप्से परिसूचक एक सय अंकले घटेको छ ।
जेन जी आन्दोलनले प्रभावित रहेको बजार बिहीबार कस्तो होला भन्ने आम चासो थियो । तर कारोबार खुलेको केही मिनेटमै यस्तो अवस्था देखिएको छ ।
कारोबार खुलेको पहिलो ५ मिनेट नपुग्दै ४ प्रतिशतले बजार घटेपछि सर्किट ब्रेक समेत लागेको छ । नेगेटिभ सर्किट पछि २० मिनेटका लागि नेप्सेले कारोबार स्थगन गरेको छ ।



Discussion about this post