Artha Voice
  • समाचार
  • राजनीति
  • कर्पोरेट
  • पुँजी बजार
  • सूचना तथा प्रविधि
  • कृषि
  • बैंक वित्त
  • बीमा
  • विजनेश भ्वाइस
  • अन्तरवार्ता
No Result
View All Result
  • समाचार
  • राजनीति
  • कर्पोरेट
  • पुँजी बजार
  • सूचना तथा प्रविधि
  • कृषि
  • बैंक वित्त
  • बीमा
  • विजनेश भ्वाइस
  • अन्तरवार्ता
No Result
View All Result
Artha Voice
No Result
View All Result

अर्थ मन्त्रालयबाट ब्याज अनुदानको नौ अर्ब ८० करोड रुपैयाँ निकासा

कुमार श्रेष्ठ by कुमार श्रेष्ठ
September 20, 2025
in बैंक वित्त, विजनेश भ्वाइस, समाचार
0
अर्थ मन्त्रालयबाट ब्याज अनुदानको नौ अर्ब ८० करोड रुपैयाँ निकासा

????????? ??????????? ???? – ?? ????? ????????, ?? ???? ????????? ??????????? ???????? ???? ?????? ??????????? ?? ????? ?????????? ? ??????? ???? ?????÷????

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि अर्थ मन्त्रालयले नौ अर्ब ८० करोड रुपैयाँ निकासा गरेको छ।

असोज ४ मा अर्थमन्त्री रामेश्वर खनालले ब्याज अनुदानको रकम निकासा  गर्ने मन्त्रीस्तरीय निर्णय गरेर उक्त रकम निकासा गरको अर्थमन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेले जानकारी दिए।

सरकारले बैंक तथा वित्तीय संस्थाले लगानी गरेको सहुलियतपूर्ण कर्जामा तीन प्रतिशत ब्याज अनुदान दिदै आएको छ। सरकारले सात महिना यता बैंकलाई ब्याज अनुदानको रकम उपलब्ध गराएको थिएन्। राष्ट्र बैंकमार्फत शोधभर्ना गर्ने गरी ब्याज अनुदानको रकम निकासा गरिएको पाण्डेले बताए।

सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०८२ अनुसार उक्त रकम निकासा गर्ने निर्णय अर्थमन्त्री खनालले गरेका हुन्।

सहुलियतपूर्ण कर्जा ब्याज अनुदान प्रयोजनको लागि दोश्रो त्रैमासिक अवधीमा विनियोजित रकमलाई कार्यक्रम संशोधनमार्फत प्रथम त्रैमासिक कायम गरेर रकम निकासा गरिएको सहसचिव पाण्डेले जानकारी दिए।

सरकारले अनुदानको ब्याज सोधभर्ना दिन नसकेपछि पछिललो २ वर्षदेखि सहुलियतपूर्ण कर्जा अघोषित रुपमा रोकिएको थियो।

यसअघि महिला उद्यमशिलता कर्जामा ६ प्रतिशत र ५ करोडभन्दा माथिको व्यावसायिक कृषि तथा पशुपन्छी कर्जामा २ प्रतिशत ब्याज अनुदानको व्यवस्था रहेको कार्यविधि खारेज भएको छ। अब सरकारले सबै सहुलियत कर्जामा तीन प्रतिशत मात्रै ब्याज अनुदान दिने भएको छ।

Previous Post

भाटभटेनीमा कसैको जागिर नगुम्ने मीनबहादुर गुरुङको घोषणा

Discussion about this post

हाम्रो बारे

नागरिक ग्रुप प्रा.लि. काठमाडौ महानगरपालिका -११
  • Home

© 2025 Artha Voice. All right reserved.

No Result
View All Result
  • Home

© 2025 Artha Voice. All right reserved.