काठमाडौं, २३ साउन । नेपालको अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले ‘८.८ डिल्स हेरेको हेर्यै’ अभियानको औपचारिक घोषणा गरेको छ। साउन २३ देखि २९ गते (अगस्ट ८–१४, २०२५) सम्म सञ्चालन हुने यस विशेष सेलमा ६० प्रतिशतसम्मको छुट, १ करोड १० लाख रुपैयाँ बराबरको भौचर, निःशुल्क होम डेलिभरी लगायतका थुप्रै अफर उपलब्ध हुने दराजले जनाएको छ।
यस अभियानअन्तर्गत दराजले सेटाफिल, अस्टावल्फ, नाइक, ब्लेस अनलाइन जस्ता लोकप्रिय ब्रान्डका उत्पादनहरूमा फ्ल्याश सेल संचालन गर्नेछ। यी अफरहरू दैनिकरूपमा नवीकरण हुने भएकाले ग्राहकहरूलाई दराज एपको फ्ल्याश सेल सेसन नियमित हेर्न अनुरोध गरिएको छ।
ग्राहक भरोसा जित्ने उद्देश्यले दराजले बेस्ट प्राइस ग्यारेन्टि कार्यक्रम पनि सुरु गरेको छ। यस योजनामा, यदि कुनै ग्राहकले दराजमा उपलब्ध वस्तु नेपालकै अन्य अनलाइन प्लेटफर्ममा सस्तोमा भेटेमा, शर्तहरू पूरा भएमा दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्नेछ।
निःशुल्क होम डेलिभरी पनि ८.८ सेलको अर्को विशेष सुविधा हो। दराजका अनुसार ग्राहकले न्यूनतम ४९९ रुपैयाँको खरिद गरेपछि छानिएका विक्रेताबाट घरमै निःशुल्क डेलिभरीको सेवा लिन सक्नेछन्। यसका लागि दराज एपको होमपेजमा रहेको फ्रि डेलिभरी ब्यानरमा क्लिक गरी भौचर संकलन गर्न सकिनेछ।
स्वास्थ्य तथा सौन्दर्य, फेसन, अडियो उपकरण, वेयरेबल्स, फर्निचर, घर सजावट लगायतका उत्पादनमा उपलब्ध छुट र भौचरले यो सेललाई थप आकर्षक बनाएको छ। कम्पनीले ग्राहकहरूलाई दैनन्दिनका आवश्यक वस्तुहरूमा समेत उल्लेखनीय बचत हुने जनाएको छ।
दराजले यस अभियानलाई केवल छुट र अफरमा सीमित नराखी, उत्कृष्ट सेवा, छरितो डेलिभरी, भरपर्दो रिटर्न नीति र सहज भुक्तानी प्रणाली मार्फत समग्र किनमेल अनुभव समृद्ध बनाउने प्रयास गरेको जनाएको छ। दराजका अनुसार यो सेलले नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरको ई–कमर्स अनुभव प्रदान गर्नेछ।



Discussion about this post