Artha Voice
  • समाचार
  • राजनीति
  • कर्पोरेट
  • पुँजी बजार
  • सूचना तथा प्रविधि
  • कृषि
  • बैंक वित्त
  • बीमा
  • विजनेश भ्वाइस
  • अन्तरवार्ता
No Result
View All Result
  • समाचार
  • राजनीति
  • कर्पोरेट
  • पुँजी बजार
  • सूचना तथा प्रविधि
  • कृषि
  • बैंक वित्त
  • बीमा
  • विजनेश भ्वाइस
  • अन्तरवार्ता
No Result
View All Result
Artha Voice
No Result
View All Result

क्यारीका दुई नयाँ विद्युतीय भ्यान नेपाली बजारमा सार्वजनिक

adminkoartha by adminkoartha
August 8, 2025
in कर्पोरेट
0
क्यारीका दुई नयाँ विद्युतीय भ्यान नेपाली बजारमा सार्वजनिक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २२ साउन । काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाइमा मोबिलिटी एक्स्पो २०८२ मा लक्ष्मी ग्रुपअन्तर्गतको एलएक्सजी मोटर्स प्रालिले चीनको प्रख्यात विद्युतीय सवारी साधन ब्रान्ड क्यारीलाई नेपाली बजारमा सार्वजनिक गरेको छ । एक्स्पोको पहिलो दिन कम्पनीले क्यारीका दुई नयाँ विद्युतीय भ्यान केभान १ र केभान २ नेपाली बजारमा ल्याएको घोषणा गरेको हो ।
यी भ्यानहरू व्यावसायिक यात्रु सेवा र शैक्षिक संस्थाहरूको विद्यार्थी यातायातका लागि उपयोगी हुने विश्वास कम्पनीले व्यक्त गरेको छ । कम्पनीले केभान १ को मूल्य ५८ लाख ५६ हजार र केभान २ को मूल्य ६३ लाख ६ हजार रुपैयाँ निर्धारण गरेको छ ।
यी विद्युतीय भ्यानहरू नेपालकै लागि भनेर विशेष रूपमै डिजाइन गरिएको र १५ तथा १६ सिट क्षमतामा उपलब्ध हुने जानकारी दिइएको छ । व्यावसायिक प्रयोजनका लागि आधुनिक खैरो रङमा कमर्सियल भेरियन्ट र स्कुल तथा कलेज प्रयोजनका लागि सुरक्षा प्राथमिकतासहित पहेँलो रङमा स्कुल भेरियन्ट उपलब्ध रहेको छ । स्कुल भेरियन्टमा बालबालिकाको सुरक्षालाई विशेष ध्यान दिँदै उच्च सुरक्षात्मक विशेषताहरू समावेश गरिएको कम्पनीले जनाएको छ
दुबै भ्यानमा ५३ किलोवाट आवर क्षमताको एलएफपी सिएटिएल ब्याट्री जडान गरिएको छ जसले एक पटक पूर्ण चार्जमा तीन सय किलोमिटरभन्दा बढी दूरी तय गर्न सक्ने दाबी गरिएको छ
यसमा स्थायी चुम्बकीय समकालीन मोटर प्रयोग गरिएको छ जसले एक सय तीस र दुई सय सत्तरी एनएमको रेटेड र पिक टर्क तथा पचास र अस्सी किलोवाटको रेटेड र पिक पावर प्रदान गर्छ । नेपाली सडकका लागि उपयुक्त हुनेगरी यी भ्यानमा एक सय असी मिलिमिटरको भुइँचो दूरी राखिएको छ ।
सुरक्षाका लागि अगाडि डिस्क र पछाडि ड्रम ब्रेकका साथै एबीएस र ईबीडी प्रणाली जडान गरिएको छ । अत्यावश्यक समयमा प्रयोग गर्न सकिने आगो निभाउने यन्त्र पनि भ्यानभित्र राखिएको छ ।
एलएक्सजी मोटर्सका बिक्री तथा बिक्रीपछिका सेवा विभाग प्रमुख सञ्जय खड्काले क्यारीको सुरुवातले हरित नेपालको दिशातर्फ उल्लेखनीय योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।
उनका अनुसार यी गाडीहरू परम्परागत इन्धन सवारी साधनको तुलनामा बढी भरपर्दो खर्च घटाउने र वातावरणमैत्री हुने भएकाले दीर्घकालीन रूपमा उपयोगी हुनेछन् ।
उनले स्कुलका विद्यार्थीहरूको सुरक्षित ढुवानीका लागि पनि क्यारी ईभी उत्तिकै विश्वसनीय हुने बताए ।
कम्पनीले क्यारीका यी विद्युतीय भ्यानबारे थप जानकारी लिन इच्छुक ग्राहकहरूलाई नाइमा मोबिलिटी एक्स्पोको हल डी स्थित स्टल डी–१२ मा अवलोकन गर्न अनुरोध गरेको छ ।
एलएक्सजी मोटर्स प्रालि लक्ष्मी ग्रुपको सहायक कम्पनी हो जसले विद्युतीय सवारी साधनमार्फत दिगो यातायातको विकासमा योगदान पुर्याउने उद्देश्य लिएको छ ।

Previous Post

दराजको ‘८.८ डिल्स हेरेको हेर्‍यै’ अभियान सार्वजनिक

Next Post

नेपाल लाइफ इन्स्योरेन्सको तीनदिने अभिकर्ता सम्मेलन भव्य रूपमा सम्पन्न

Next Post
नेपाल लाइफ इन्स्योरेन्सको तीनदिने अभिकर्ता सम्मेलन भव्य रूपमा सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको तीनदिने अभिकर्ता सम्मेलन भव्य रूपमा सम्पन्न

Discussion about this post

हाम्रो बारे

नागरिक ग्रुप प्रा.लि. काठमाडौ महानगरपालिका -११
  • Home

© 2025 Artha Voice. All right reserved.

No Result
View All Result
  • Home

© 2025 Artha Voice. All right reserved.