Artha Voice
  • समाचार
  • राजनीति
  • कर्पोरेट
  • पुँजी बजार
  • सूचना तथा प्रविधि
  • कृषि
  • बैंक वित्त
  • बीमा
  • विजनेश भ्वाइस
  • अन्तरवार्ता
No Result
View All Result
  • समाचार
  • राजनीति
  • कर्पोरेट
  • पुँजी बजार
  • सूचना तथा प्रविधि
  • कृषि
  • बैंक वित्त
  • बीमा
  • विजनेश भ्वाइस
  • अन्तरवार्ता
No Result
View All Result
Artha Voice
No Result
View All Result

उपसभापति र महामन्त्रीद्वयसँग देउवाको छलफल

कुमार श्रेष्ठ by कुमार श्रेष्ठ
August 8, 2025
in राजनीति
0
उपसभापति र महामन्त्रीद्वयसँग देउवाको छलफल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गरेका छन् । देउवाले उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग समसामयिक राजनीति र पार्टीको आन्तरिक विषयमा छलफल शुरू गरेका हुन् ।

महामन्त्री थापाको सचिवालय सदस्य शंकर कुइँकेलले समसामयिक विषयमा छलफल गर्न सभापति देउवाले बूढानीलकण्ठ बोलाएको जानकारी दिएका छन् । ‘मुख्य गरी कांग्रेसको आन्तरिक सदस्यतासहितका विषयमा छलफल गर्न बोलाएका बुझेका छौं,’ कुइँकेलले भने, ‘आन्तरिक विषयबाहेक समसामयिक राजनीति, सरकार सञ्चालनसहितका विषयमा छलफल भइरहेको बुझेका छौं ।’

गए राति गृहमन्त्री रमेश लेखकले महामन्त्रीद्वय थापा र शर्मासँग भेट गरेका थिए । पछिल्लो समय सरकारका कामको विषयमा महामन्त्रीद्वय असन्तुष्ट बन्दै आएका छन् । तर पनि सरकारको कामलाई प्रभावकारी बनाउन आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने दुवै महामन्त्रीको भनाइ रहँदै आएका छन् । पछिल्लो समय महामन्त्रीद्वयले सदनबाट समेत सरकारलाई खबरदारी गर्दै आएका छन् ।

Previous Post

फोटो टाँस्न मात्रै मुख्यमन्त्री भएको होइन : बानियाँ

Next Post

प्रधानमन्त्री ओली आज स्वदेश आइपुग्दै

Next Post
प्रधानमन्त्री ओली आज स्वदेश आइपुग्दै

प्रधानमन्त्री ओली आज स्वदेश आइपुग्दै

Discussion about this post

हाम्रो बारे

नागरिक ग्रुप प्रा.लि. काठमाडौ महानगरपालिका -११
  • Home

© 2025 Artha Voice. All right reserved.

No Result
View All Result
  • Home

© 2025 Artha Voice. All right reserved.