Artha Voice
  • समाचार
  • राजनीति
  • कर्पोरेट
  • पुँजी बजार
  • सूचना तथा प्रविधि
  • कृषि
  • बैंक वित्त
  • बीमा
  • विजनेश भ्वाइस
  • अन्तरवार्ता
No Result
View All Result
  • समाचार
  • राजनीति
  • कर्पोरेट
  • पुँजी बजार
  • सूचना तथा प्रविधि
  • कृषि
  • बैंक वित्त
  • बीमा
  • विजनेश भ्वाइस
  • अन्तरवार्ता
No Result
View All Result
Artha Voice
No Result
View All Result

अर्थमन्त्रीको निर्देशन : नतिजा देखिने गरी बजेट कार्यान्वयन गर्नू

कुमार श्रेष्ठ by कुमार श्रेष्ठ
August 8, 2025
in राजनीति, समाचार
0
अर्थमन्त्रीको निर्देशन : नतिजा देखिने गरी बजेट कार्यान्वयन गर्नू
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समय तालिका बनाएर नतिजा देखिने गरी आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन गर्न सचिवहरुलाई निर्देशन दिएका छन् ।
अर्थ मन्त्रालयमा बिहीबार भएको बैठकमा अर्थमन्त्री पौडेलले बजेट सम्बन्धी वार्षिक योजना र समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । बजेट कार्यान्वयनमा अर्थ मन्त्रालयले सक्दो सहयोग गर्ने उल्लेख गर्दै उनले सही समयमा कदम चालेर बजेट कार्यावन्यनमा परिणाम निकाल्न पनि निर्देशन दिए ।
अर्थमन्त्री पौडेलले विद्यमान कानूनको व्यवस्था र सीमाभित्र रहेर गैरकर राजस्वको अधिकतम क्षेत्र विस्तार गर्नुपर्नेमा जोड दिए । अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १ खर्ब २८ अर्ब रुपैयाँ संकलन भएको थियो जुन कूल राजस्वको १०.९ प्रतिशत हो । बैठकमा गैरकर राजस्वसम्बन्धी थप स्रोतहरु पहिचान गरी कार्यान्वयन गर्दै अघि बढ्नेबारे छलफल भएको छ । बैठकमा अर्थ सचिव, राजस्व सचिव, मन्त्रालयहरुका सचिव लगायतको उपस्थिति थियो ।

Previous Post

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति पुग्यो ?

Next Post

सरकार स्थिर नीतिको पक्षमा : अर्थमन्त्री पौडेल

Next Post
सरकार स्थिर नीतिको पक्षमा : अर्थमन्त्री पौडेल

सरकार स्थिर नीतिको पक्षमा : अर्थमन्त्री पौडेल

Discussion about this post

हाम्रो बारे

नागरिक ग्रुप प्रा.लि. काठमाडौ महानगरपालिका -११
  • Home

© 2025 Artha Voice. All right reserved.

No Result
View All Result
  • Home

© 2025 Artha Voice. All right reserved.