सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ३ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा कमाएको छ।
अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा कम्पनीको खुद नाफा १०.२४ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ३ अर्ब ८ करोड रुपैयाँ मात्रै थियो।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ६.४३ प्रतिशतले बढेर ८ अर्ब ४४ करोड पुगेको छ। कम्पनीको संचालन नाफा १२.१६ प्रतिशतले बढेर ५ अर्ब २ करोड पुगेको छ।
यस अवधिमा कम्पनीको वितरणयोय मुनाफा भने २२० प्रतिशतले बढेर १ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको वितरणयोग्य मुनाफा ५८ करोड मात्रै थियो। बैंकको वितरयोग्य प्रति शेयर आम्दानी १३.२२ रुपैयाँ रहेको छ । यसले बैंकको लाभांश क्षमता १३.२२ प्रतिशत रहेको देखाउछ।
कम्पनीको चुक्ता पुंजी १४ अर्ब ८ करोड रुपैयाँ रहेको छ। कम्पनीले यस अवधिसम्ममा २ खर्ब ८० अर्ब निक्षेप संकलन गरेको छ भने २ खर्ब १४ अर्ब कर्जा लगानी गरेको छ।
समीक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी बढेर २४.१० रुपैयाँ पुगेको छ। कम्पनीको प्रति शेयर नेटवर्थ २१९.९७ रुपैयाँ रहेको छ। कम्पनीको खराब कर्जा २.१७ प्रतिशतबाट बढेर २.६२ प्रतिशत पुगेको छ।



Discussion about this post