Artha Voice
  • समाचार
  • राजनीति
  • कर्पोरेट
  • पुँजी बजार
  • सूचना तथा प्रविधि
  • कृषि
  • बैंक वित्त
  • बीमा
  • विजनेश भ्वाइस
  • अन्तरवार्ता
No Result
View All Result
  • समाचार
  • राजनीति
  • कर्पोरेट
  • पुँजी बजार
  • सूचना तथा प्रविधि
  • कृषि
  • बैंक वित्त
  • बीमा
  • विजनेश भ्वाइस
  • अन्तरवार्ता
No Result
View All Result
Artha Voice
No Result
View All Result

डेटा गोपनीयता उल्लंघन प्रकरणमा गूगललाई ३१ करोड डलर जरिवाना

कुमार श्रेष्ठ by कुमार श्रेष्ठ
August 8, 2025
in सूचना तथा प्रविधि
0
डेटा गोपनीयता उल्लंघन प्रकरणमा गूगललाई ३१ करोड डलर जरिवाना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, १८ असार । अमेरिकी राज्य क्यालिफोर्नियाको सान्टा क्लारा अदालतले प्रविधि कम्पनी गूगललाई ३१ करोड अमेरिकी डलरभन्दा बढी जरिवाना तिर्न आदेश दिएको छ।

ब्लूमबर्ग सञ्चारमाध्यमले जनाएअनुसार, गूगलले एन्ड्रोइड प्रयोगकर्ताहरूको सहमति बिना डेटा संकलन गरेको ठहर गर्दै अदालतले उक्त फैसला सुनाएको हो। मुद्दाका अनुसार गूगलले मोबाइल डिभाइसहरू वाईफाईमा नजोडिएको अवस्थामासमेत प्रयोगकर्ताको डेटा संकलन गरिरहेको पाइएको थियो।

प्राप्त विवरणअनुसार, गूगलले संकलित डेटा विज्ञापन लक्ष्यित गर्न र आफ्नो म्यापिङ सर्भिस सुधार गर्न प्रयोग गर्दै आएको थियो। अदालतले यो कार्य गोपनीयता उल्लंघन भएको ठहर गर्दै गूगललाई सजाय तोकेको हो।

गूगलले भने आफूले कुनै गैरकानुनी कार्य नगरेको जिकिर गर्दै फैसालाविरुद्ध पुनरावेदन गर्ने तयारी गरिरहेको जनाएको छ। गूगलको दाबी अनुसार प्रयोगकर्ताहरूले टर्म्स अफ सर्भिसमा सहमति जनाइसकेका हुन्छन् र डिभाइसको राम्रो कार्यक्षमताका लागि यस्ता डेटा आवश्यक हुन्छन्।

सन् २०१९ मा दायर गरिएको यो मुद्दा क्यालिफोर्नियाका एन्ड्रोइड प्रयोगकर्ताहरूले क्लास एक्शन लसुट ९संयुक्त मुद्दा० मार्फत अघि सारेका थिए।

यस मुद्दाको प्रभाव अमेरिकाभरका प्रयोगकर्तामा पर्ने सम्भावना रहेको छ, जसका लागि सन् २०२६ मा संघीय तहमा बेग्लै मुद्दा सुरु हुने जनाइएको छ।

Previous Post

नेपाल टेलिकमको नाममा ठगी गर्ने गिरोह सक्रिय, कम्पनीद्वारा सेवाग्राहीलाई सतर्क रहन आग्रह

Next Post

२२० प्रतिशतले बढ्यो सिद्धार्थ बैंकको वितरणयोग्य मुनाफा, लाभांश क्षमता कति ?

Next Post
२२० प्रतिशतले बढ्यो सिद्धार्थ बैंकको वितरणयोग्य मुनाफा, लाभांश क्षमता कति ?

२२० प्रतिशतले बढ्यो सिद्धार्थ बैंकको वितरणयोग्य मुनाफा, लाभांश क्षमता कति ?

Discussion about this post

हाम्रो बारे

नागरिक ग्रुप प्रा.लि. काठमाडौ महानगरपालिका -११
  • Home

© 2025 Artha Voice. All right reserved.

No Result
View All Result
  • Home

© 2025 Artha Voice. All right reserved.