Artha Voice
  • समाचार
  • राजनीति
  • कर्पोरेट
  • पुँजी बजार
  • सूचना तथा प्रविधि
  • कृषि
  • बैंक वित्त
  • बीमा
  • विजनेश भ्वाइस
  • अन्तरवार्ता
No Result
View All Result
  • समाचार
  • राजनीति
  • कर्पोरेट
  • पुँजी बजार
  • सूचना तथा प्रविधि
  • कृषि
  • बैंक वित्त
  • बीमा
  • विजनेश भ्वाइस
  • अन्तरवार्ता
No Result
View All Result
Artha Voice
No Result
View All Result

साना ऋणबाट ठुलो सम्भावनाः राजेन्द्र गर्तौलाको १६ रोपनीसम्म फैलिएको कृषिको यात्रा (भिडियोसहित)

adminkoartha by adminkoartha
August 8, 2025
in कृषि
0
साना ऋणबाट ठुलो सम्भावनाः राजेन्द्र गर्तौलाको १६ रोपनीसम्म फैलिएको कृषिको यात्रा (भिडियोसहित)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सरगम तामाङ ।

काठमाडौं, ७ साउन । धुनिवेशी नगरपालिका–५ का किसान राजेन्द्र प्रसाद गर्तौला अहिले १६ रोपनी जमिनमा व्यावसायिक तरिकाले खेती गर्दै आत्मनिर्भर कृषकका रूपमा परिचित छन् । तर उनको यो सफलताको यात्रा भने २०७० सालमा लिएको जम्मा बिस हजार रुपैयाँ ऋणबाट सुरु भएको थियो । त्यतिबेला उनले लघुवित्त संस्था मार्फत सानो ऋण लिएर करेला र मकै खेती सुरु गरे, र क्रमशः अनुभव, आम्दानी र आत्मविश्वास सँगसँगै खेतीको क्षेत्र पनि विस्तार हुँदै गयो । राजेन्द्रले ऋण लिएर त्यसको सदुपयोग गर्न सकिएमा सानो लगानीले पनि ठुलो फाइदा दिन्छ भन्ने विश्वास राख्छन्, जसको उदाहरण उनी स्वयं हुन् ।

सुरुवातमा सानो भूभागमा खेती गर्दै आएका गर्तौलाले अहिले पाँच रोपनीमा करेला, पाँच रोपनीमा मकै र बाँकी जमिनमा काक्रो खेती गरिरहेका छन् । ऋण लिनु सानो कुरा भए पनि त्यसको जिम्मेवारी पूरा गर्नु ठुलो कुरा भएको उनी बताउँछन् । उनले लिएको ऋणको प्रयोग पूरै कृषि क्षेत्रमा गरे, बचत गरे, र फेरी उत्पादनमा लगानी गरे । यसरी क्रमशः उनी लघुवित्त संस्थाबाट सात लाख रुपैयाँसम्मको ऋण सहजै लिन सक्ने अवस्थामा पुगेका छन् र आवश्यक परेमा १० लाख रुपैयाँसम्म ऋण लिने क्षमता पनि राख्छन् ।

गर्तौला बैंकभन्दा लघुवित्त संस्थालाई प्राथमिकता दिन्छन् किनभने लघुवित्तले समयमै, सुलभ तरिकाले ऋण उपलब्ध गराउने हुँदा किसानका लागि धेरै उपयोगी भएको उनी अनुभव सुनाउँछन्। बैंकको प्रक्रिया झन्झटिलो र ढिला हुने हुँदा आफू जस्ता किसानका लागि लघुवित्त नै उत्तम विकल्प भएको उनले बताए । उनले ऋण लिने बेलामा उद्देश्य प्रस्ट हुनु पर्ने, त्यसअनुसार मात्र खर्च गर्नु पर्ने, र आम्दानीबाट किस्ता तिर्दै लगानी बढाउनुपर्छ भन्ने सिकाइ आफूले अनुभवबाट बुझेका छन् ।

उनका अनुसार मासिक किस्ताको व्यवस्था कृषि व्यवसायमा उपयुक्त हुँदैन किनभने खेतमा लगानी गरेपछि आम्दानी आउन कम्तीमा पाँच–छ महिनासम्म कुर्नु पर्छ । त्यसैले उनले त्रैमासिक किस्ताको माग गर्दै आएका छन् र ब्याजदर समेत किसानको हैसियतअनुसार घटाउनु पर्ने सुझाव दिन्छन् । साथै, लघुवित्त संस्थाले ऋण मात्र नदिएर समय–समयमा तालिम र जानकारीमूलक कार्यक्रम सञ्चालन गर्नु पर्ने उनले बताए । जसले किसानलाई ऋणको सदुपयोग गर्न, दिगो व्यवसाय बनाउने दृष्टिकोण विकास गर्न र आत्मनिर्भर बन्न थप सहयोग पुर्‍याउँछ ।

गर्तौलाले लघुवित्तबाट एकपटक तालिम लिएका थिए जसले उनलाई ऋण व्यवस्थापन र लगानीका विषयमा गहिरो जानकारी दिएको थियो । उनी भन्छन्, ऋणले कहिल्यै डुबाउँदैन, डुबाउने हाम्रो सोच हो । यदि ऋण गलत ठाउँमा खर्च गरियो भने समस्या निम्तिन सक्छ, तर यदि त्यसलाई सोच, योजना र मेहनतका साथ प्रयोग गरियो भने सफलता सुनिश्चित हुन्छ । अहिले उनी कृषिबाट मासिक राम्रो आम्दानी गर्दै छन्, आफ्ना सन्तानको शिक्षा, परिवारको जीवनशैली र सामाजिक स्थानमा समेत सकारात्मक परिवर्तन आएको उनी बताउँछन् ।

कुनै समय बिस हजारको ऋणबाट सुरु गरिएको सानो खेती आज १६ रोपनीमा फैलिएको छ र त्यससँगै राजेन्द्र गर्तौलाको आत्मविश्वास, आर्थिक हैसियत र समाजमा स्थान पनि ठुलो भएको छ । उनको कथा हजारौं कृषकका लागि प्रेरणाको स्रोत बनेको छ र देखाएको छ कि सानो ऋण, सही सोच र निरन्तर मेहनतबाट आत्मनिर्भरता मात्र हैन, नमुना सफलताको कथा पनि लेख्न सकिन्छ ।

Previous Post

तनहुँमा चैतधान प्रवर्द्धन कार्यक्रम सफल, एक वर्षमा १,१७७ मेट्रिक टन उत्पादन

Next Post

वार्षिक ६५ लाख आम्दानी गर्दै ‘मौरीबाजे’

Next Post
वार्षिक ६५ लाख आम्दानी गर्दै ‘मौरीबाजे’

वार्षिक ६५ लाख आम्दानी गर्दै ‘मौरीबाजे’

Discussion about this post

हाम्रो बारे

नागरिक ग्रुप प्रा.लि. काठमाडौ महानगरपालिका -११
  • Home

© 2025 Artha Voice. All right reserved.

No Result
View All Result
  • Home

© 2025 Artha Voice. All right reserved.