काठमाडौं, २२ साउन । बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १८.३० अंकले बढेर २,८५० बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १८७ कम्पनीको शेयर मूल्य बढेको छ भने ६२ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ८ अर्ब ५३ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले बढेको शेयर बजारमा उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले ८.२६ प्रतिशतका दरले गुमाएका हुन् ।
यसदिन समाज लघुवित्तका लगानीकर्ताले ५.४२ प्रतिशतका दरले गुमाएका छन् भने सान्भी इनर्जीका लगानीकर्ताले २.७१ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी मैलङखोला जलविद्युतका लगानीकर्ताले २.६९ प्रतिशतका दरले गुमाएका छन् भने नविल डिबेन्चर २०८५का लगानीकर्ताले २.६७ प्रतिशतका दरले गुमाएका छन् ।



Discussion about this post