काठमाडौं, २२ साउन । बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १८.३० अंकले बढेर २,८५० बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १८७ कम्पनीको शेयर मूल्य बढेको छ भने ६२ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ८ अर्ब ५३ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले बढेको शेयर बजारमा सिकलेस हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.८१ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी, उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले ८.२६ प्रतिशतका दरले गुमाएका हुन् ।



Discussion about this post