Artha Voice
  • समाचार
  • राजनीति
  • कर्पोरेट
  • पुँजी बजार
  • सूचना तथा प्रविधि
  • कृषि
  • बैंक वित्त
  • बीमा
  • विजनेश भ्वाइस
  • अन्तरवार्ता
No Result
View All Result
  • समाचार
  • राजनीति
  • कर्पोरेट
  • पुँजी बजार
  • सूचना तथा प्रविधि
  • कृषि
  • बैंक वित्त
  • बीमा
  • विजनेश भ्वाइस
  • अन्तरवार्ता
No Result
View All Result
Artha Voice
No Result
View All Result

साउन २७ मा मुख्यमन्त्री बानियाँको विश्वासको मतको तयारी

adminkoartha by adminkoartha
August 8, 2025
in राजनीति
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हेटौँडा, २३ साउन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी साउन २७ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।

साउन २० मा एमाले–कांग्रेस गठबन्धनको समर्थनमा मुख्यमन्त्री बनेका बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। सोही अनुसार उनले प्रदेशसभा सचिवालयलाई बैठक बोलाउन जानकारी गराएका हुन्।

गत साउन २० मा कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका बानियाँले आफ्नो पार्टीभित्र नेतृत्व परिवर्तन गर्दै तत्कालीन दल नेता बहादुरसिंह लामालाई पदबाट हटाएर सरकारको नेतृत्व सम्हालेका थिए।

हाल बागमती प्रदेशमा १४ मन्त्रालयमध्ये एमालेले ६, कांग्रेसले मुख्यमन्त्रीसहित ८ मन्त्रालय पाउने सहमति भएको छ। तर बाँकी ६ मन्त्रालयको जिम्मा अझै बानियाँकै काँधमा छ। सरकारलाई पूर्णता दिने तयारीसँगै उनले विश्वासको मत लिने प्रक्रिया अघि बढाएका हुन्।

Previous Post

राज्य व्यवस्था समितिका सभापति खतिवडालाई राजीनामा दिन कांग्रेसको तयारी

Next Post

चितवनमा २४ शिक्षा परामर्श संस्था बन्द गर्ने

Next Post
चितवनमा २४ शिक्षा परामर्श संस्था बन्द गर्ने

चितवनमा २४ शिक्षा परामर्श संस्था बन्द गर्ने

Discussion about this post

हाम्रो बारे

नागरिक ग्रुप प्रा.लि. काठमाडौ महानगरपालिका -११
  • Home

© 2025 Artha Voice. All right reserved.

No Result
View All Result
  • Home

© 2025 Artha Voice. All right reserved.