Artha Voice
  • समाचार
  • राजनीति
  • कर्पोरेट
  • पुँजी बजार
  • सूचना तथा प्रविधि
  • कृषि
  • बैंक वित्त
  • बीमा
  • विजनेश भ्वाइस
  • अन्तरवार्ता
No Result
View All Result
  • समाचार
  • राजनीति
  • कर्पोरेट
  • पुँजी बजार
  • सूचना तथा प्रविधि
  • कृषि
  • बैंक वित्त
  • बीमा
  • विजनेश भ्वाइस
  • अन्तरवार्ता
No Result
View All Result
Artha Voice
No Result
View All Result

चितवनमा २४ शिक्षा परामर्श संस्था बन्द गर्ने

adminkoartha by adminkoartha
August 8, 2025
in समाचार
0
चितवनमा २४ शिक्षा परामर्श संस्था बन्द गर्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन, २३ साउन । चितवन जिल्ला प्रशासन कार्यालयले कागजात बिना सञ्चालनमा रहेका २४ वटा शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण केन्द्रलाई बन्द गर्न सिफारिस गरेको छ। कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गर्दै यी संस्थामाथि कानूनी कारबाही प्रक्रिया अघि बढाएको हो।
शिक्षा विकास तथा प्रविधि मन्त्रालय र बागमती प्रदेश सामाजिक विकास मन्त्रालयबाट प्राप्त अनुमति पत्र तथा अन्य आवश्यक कागजात पेश गर्न साउन १८ गतेभित्र तीन दिने सूचना जारी गरिए पनि तोकिएको समयसीमा भित्र यी संस्थाहरूले कागजात पेश नगरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। पटक–पटक सूचना प्रकाशित गर्दा पनि कागजात नपेस भएकाले प्रशासनले कडाइका साथ कारबाही अघि बढाएको हो।
बन्दको सिफारिसमा परेका संस्थाहरूमा लायन्सचोकस्थित अक्टुबर एजुकेशन कन्सल्टेन्सी, भरतपुरस्थित आईएलएस ल्याङ्ग्वेज एण्ड भिसा सर्भिसेज, एइसिसि स्टडी एब्रोड कन्सल्टेन्सी, एक्स्ट्रिम एजुकेशन कन्सल्टेन्सी, शहिदचोकस्थित एजुकेशन एण्ड माइग्रेसन सेन्टर, लायन्सचोकस्थित एजुकेशन एशिया चितवन, एनआईइसि, एनसिएस कोरिया, एसआई ग्लोबल, एसि ग्लोबल चितवन, एसिड टेष्टिङ्ग हब र कँडेल कन्सल्टेन्सी एजुकेशन रहेका छन्।
त्यस्तै, कनेक्ट निहोन, कमलनगरस्थित किंगफिशर एजुकेशन कन्सल्टेन्सी, क्यानन इन्टरनेशनल एजुकेशन, क्लाउड एजुकेशन एण्ड भिसा सर्भिसेज, गोल्डेन गेट, चितवन कोरियन कल्चर सेन्टर प्रा.लि., बिन्दु एजुकेशन प्रा.लि., जापान लिंक, जेब्रा एस्याएर प्रिफेक्सन, डल्फिन एजुकेशन, डाँफे कन्सल्टेन्सी एजुकेशन एण्ड माइग्रेसन र डिप ल्यु एजुकेशन कन्सल्टेन्सी पनि बन्दको सिफारिसमा परेका छन्।
जिल्ला प्रशासन कार्यालयले अनुमति पत्र वा सम्बन्धित कागजातबिनै सञ्चालनमा रहेका यस्ता संस्थाहरू प्रचलित कानुन विपरीत क्रियाकलापमा संलग्न हुन सक्ने भन्दै आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमार्फत थप प्रक्रिया अघि बढाउने जनाएको छ।

Previous Post

साउन २७ मा मुख्यमन्त्री बानियाँको विश्वासको मतको तयारी

Next Post

साउन २७ मा मुख्यमन्त्री बानियाँको विश्वासको मतको तयारी

Next Post
फोटो टाँस्न मात्रै मुख्यमन्त्री भएको होइन : बानियाँ

साउन २७ मा मुख्यमन्त्री बानियाँको विश्वासको मतको तयारी

Discussion about this post

हाम्रो बारे

नागरिक ग्रुप प्रा.लि. काठमाडौ महानगरपालिका -११
  • Home

© 2025 Artha Voice. All right reserved.

No Result
View All Result
  • Home

© 2025 Artha Voice. All right reserved.