Artha Voice
  • समाचार
  • राजनीति
  • कर्पोरेट
  • पुँजी बजार
  • सूचना तथा प्रविधि
  • कृषि
  • बैंक वित्त
  • बीमा
  • विजनेश भ्वाइस
  • अन्तरवार्ता
No Result
View All Result
  • समाचार
  • राजनीति
  • कर्पोरेट
  • पुँजी बजार
  • सूचना तथा प्रविधि
  • कृषि
  • बैंक वित्त
  • बीमा
  • विजनेश भ्वाइस
  • अन्तरवार्ता
No Result
View All Result
Artha Voice
No Result
View All Result

नबिल इन्भेष्टमेन्टले साउन ३० गतेदेखि ‘एनआई ३१ योजना’ इकाई निष्काशन गर्न

adminkoartha by adminkoartha
August 8, 2025
in कर्पोरेट
0
नबिल इन्भेष्टमेन्टले साउन ३० गतेदेखि ‘एनआई ३१ योजना’ इकाई निष्काशन गर्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २१ साउन । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले यहि साउन ३० गतेदेखि नबिल म्युचुअल फण्ड अन्तर्गत दोस्रो खुलामुखी सामुहिक लगानी कोष योजना ‘एनआई ३१ योजना’को इकाई निष्काशन गर्ने भएको छ।
२५ करोड रुपैयाँको कोष आकार रहेको यस योजनामा १० रुपैयाँ अंकित दरमा २ करोड ५० लाख इकाईहरु निष्काशन गरिनेछ। यसमध्ये ३७ लाख ५० हजार इकाई व्यवस्थापक कम्पनीका लागि सुरक्षित राखिएको छ भने १ करोड १२ लाख ५० हजार इकाई पहिलो चरणमा सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ।
सर्वसाधारण लगानीकर्ताले न्यूनतम १०० इकाई देखि अधिकतम २५ लाख इकाईसम्म आवेदन दिन सक्नेछन्। इकाईहरुमा आवेदन दिने अन्तिम म्याद छिटोमा भदौ ३ र ढिलोमा भदौ १३ सम्म रहनेछ।
‘एनआई ३१ योजना’ले पूजिंबजारमा बजारमा सूचीकृत ३१ वटा उत्कृष्ट (ब्लुचिप) कम्पनीहरूमा मात्र लगानी गर्नेछ, जसले आकर्षक दीर्घकालीन प्रतिफल दिने उदेश्य राखेको छ। यसअघि नै सफलतापूर्वक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले ‘नबिल इक्विटी फण्ड’ सञ्चालन गरिसकेको छ।

Previous Post

टी–तीनपाँचदुई–एक्स र टीदुईपाँचदुईएक्स नेपाली बजारमा प्रवेश

Next Post

एनआरएनए नर्बेको अध्यक्षमा थापाको उम्मेदवारी

Next Post
एनआरएनए नर्बेको अध्यक्षमा थापाको उम्मेदवारी

एनआरएनए नर्बेको अध्यक्षमा थापाको उम्मेदवारी

Discussion about this post

हाम्रो बारे

नागरिक ग्रुप प्रा.लि. काठमाडौ महानगरपालिका -११
  • Home

© 2025 Artha Voice. All right reserved.

No Result
View All Result
  • Home

© 2025 Artha Voice. All right reserved.