नर्बे, २३ जुलाई । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् नर्बेको अध्यक्षमा श्रद्धा सिंह थापाले उम्मेदवारी घोषणा गरेकी छिन् । गैर आवासीय नेपालीहरुको हकहितका लागि विभिन्न एजेण्डाहरु अघि सार्दै नवौं अधिवेशनमा अध्यक्षका लागि थापाले उम्मेदवारी घोषणा गरेकी हुन् ।
नयाँ युवा पिड़ी लाई समेटी संस्थालाई अझ बढ़ी सक्रिय, एनआर एन केन्द्रित, जवाफदेही, समावेशी र एकवद्ध बनाउने दृढ संकल्पको साथ दोश्रो पुस्तालाई एनआरएनप्रति आकर्षण, लगानी, ज्ञान, सीप हस्तान्तरण गरि सुन्दर नेपाल निर्माणमा योगदान लगायतका एजेणहरु थापाले अघि सारेकी छन् ।
यसै गरी नेपाली कला संस्कृतिको संरक्षण र पहिचान, एकपटकको नेपाली सधैंको नेपाली भएकाले मातृभूमिसंग जोडिइराख्न वंशजको नेपाली नागरिकता निरन्तरता, बारे संघ–संस्थाहरुसंगको सहकार्य लगायतका विषयलाई पनि उनले प्रमुख एजेण्डाका रुपमा अघि सारेकी छिन् ।
‘एनआरएनएको संस्थागत विकाश आजको आवश्यकता हो, यो अभियानमा एनआरएनए जस्तो सबैको साझा संस्था सम्पूर्ण सदस्यहरुको सामूहिक पहिचान र गौरव पनि हो’ उनले भनिन्, ‘संस्थालाई अझ सदस्य केन्द्रित, जवाफदेही, समावेशी र एकवद्ध बनाउने दृढ संकल्पका साथ मैले अध्यक्ष पदमा उम्मेदवारी दिदैछु ।’
एनआरएनएलाई राजनीतिबाट बिशुद्ध र अलग महशुस गर्न सकिने गरी आफूले काम गर्ने थापाले बताएकी छिन् । एनआरएनएलाई जो कोहीले जुन समयमा खोज्दा भेटिने र देखिने बनाउनु आफ्नो मुख्य लक्ष्य रहेको थापाको भनाइ रहेको छ ।
आफू बसेको देशमा कुनै पनि दृष्टिकोणबाट हामी आप्रवासीलाई काममा हेपिनुको कारण शोषित हुनुपर्ने जस्ता अमानवीय कारणको पहिचान गर्ने, प्रचलित मजदुर युनियनको नीति, नियम र अनुभवको आधारमा आम नेपालीलाई परेको मर्का लाई सम्बंधित निकाय संग छल फल गरी न्याय दिलाऊने उनको लक्ष्य रहेको छ ।
थापाको एनआरएनए यात्रा
श्रद्धा थापा एनआरएनए अभियानकी सकृय अभियान्ता हुन् । उनी व्यवस्थापन संकायमा स्नातक गरेकी थापा युवा पुस्ता माझ उदाहरणीय र उर्जावान व्यक्तिका रुपमा चिनिन्छिन् ।
वर्तमान कार्यसमितिमा अहिले उनी महिला संयोजकका रुपमा काम गरिरहेकी छिन् । नर्बेजिएन भाषाद्वार संवाद गर्न प्रखर वक्ताको परिचय बनाएकी उनले आर्जेको ऊंच शिक्षाको संस्थागत रुपमा नेपाली समाजमा भरपूर सदुपयोग गरी सामाजिक सेवा गर्ने प्रतिबद्व जनाएकी श्रद्वा अध्यक्षको सबै भन्दा कम उमेरकी उम्मेदवार समेत हुन् ।
पछिल्लो समय एनआरएनए अन्तर्राष्ट्रिय समितिमा बिवाद र किचलो रहेको छ । यसले आम एनआरएनहरुमा नकरात्मक सन्देश फैलिएको छ । यसलाई रोक्दै आशाको दियो जगाउन आफूले भूमिका खेल्ने उनले बताएकी छिन् । एनआरएनएको आगामी अधिवेशनलाई भव्यव रुपमा सफल बनाउन उनले आम एनआरएनहरुलाई सार्वजनिक अपिल समेत गरेकी छन् ।



Discussion about this post