Artha Voice
  • समाचार
  • राजनीति
  • कर्पोरेट
  • पुँजी बजार
  • सूचना तथा प्रविधि
  • कृषि
  • बैंक वित्त
  • बीमा
  • विजनेश भ्वाइस
  • अन्तरवार्ता
No Result
View All Result
  • समाचार
  • राजनीति
  • कर्पोरेट
  • पुँजी बजार
  • सूचना तथा प्रविधि
  • कृषि
  • बैंक वित्त
  • बीमा
  • विजनेश भ्वाइस
  • अन्तरवार्ता
No Result
View All Result
Artha Voice
No Result
View All Result

सूचना प्रविधि सुदृढ गर्न क्यान महासंघ र चेम्बर अफ कमर्सबीच रणनीतिक समझदारी

कुमार श्रेष्ठ by कुमार श्रेष्ठ
August 8, 2025
in सूचना तथा प्रविधि
0
सूचना प्रविधि सुदृढ गर्न क्यान महासंघ र चेम्बर अफ कमर्सबीच रणनीतिक समझदारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २४ असार । नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रको प्रवर्द्धन र डिजिटल अर्थतन्त्र सुदृढ गर्न क्यान महासंघ र नेपाल चेम्बर अफ कमर्स (एनसीसी) को सूचना प्रविधि समितिबीच रणनीतिक समझदारी पत्रमा हस्ताक्षर भएको छ।

समझदारीपत्रमा क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारी र एनसीसी आईटी समितिका अध्यक्ष विज्ञान श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

एनसीसी अध्यक्ष कमलेश कुमार अग्रवाल र क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेको उपस्थितिमा सम्पन्न हस्ताक्षरले दुई संस्था बीच दीर्घकालीन सहकार्यको मार्ग प्रशस्त गरेको छ।

यो सहकार्यले नीति निर्माणमा सिफारिस, आईटी क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धन, पेशेवर नेटवर्किङ, क्रस–ब्रान्डिङ, तथा सदस्यता विस्तारजस्ता पहललाई समेट्नेछ।

संयुक्त रूपमा आयोजना गरिने कार्यक्रम, भेटघाट तथा सम्मेलनमार्फत आईटी उद्योगलाई सशक्त बनाउँदै नेपाललाई डिजिटल रूपान्तरणमा अघि बढाउने अपेक्षा गरिएको छ।

समझदारी अनुसार दुवै संस्थाले संयुक्त कार्यान्वयनका लागि संयोजक नियुक्त गर्नेछन् र प्रत्येक तीन महिनामा प्रगति समीक्षा तथा योजनाका लागि बैठक आयोजना गरिनेछ।

सम्झौता आजदेखि तीन वर्षका लागि लागू हुनेछ र आवश्यकताअनुसार आपसी सहमतिमा अवधि थप गर्न सकिनेछ।

क्यान र एनसीसीको यो सहकार्यले नेपाललाई प्रतिस्पर्धी सूचना प्रविधि केन्द्रको रूपमा उभ्याउने विश्वास व्यक्त गरिएको छ।

Previous Post

टेलिकमको अन्तर्राष्ट्रिय जडानमा अवरोध, स्पीड घट्दा सेवा प्रभावित

Next Post

नेपाल टेलिकमको नाममा ठगी गर्ने गिरोह सक्रिय, कम्पनीद्वारा सेवाग्राहीलाई सतर्क रहन आग्रह

Next Post
टेलिकमको अन्तर्राष्ट्रिय जडानमा अवरोध, स्पीड घट्दा सेवा प्रभावित

नेपाल टेलिकमको नाममा ठगी गर्ने गिरोह सक्रिय, कम्पनीद्वारा सेवाग्राहीलाई सतर्क रहन आग्रह

Discussion about this post

हाम्रो बारे

नागरिक ग्रुप प्रा.लि. काठमाडौ महानगरपालिका -११
  • Home

© 2025 Artha Voice. All right reserved.

No Result
View All Result
  • Home

© 2025 Artha Voice. All right reserved.